संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र नेकपाका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बनेका छन् । यादवले स्वास्थ्य मन्त्रालय सम्हालेका छन् भने पोखरेल ओली सरकारको गठनदेखि नै रक्षामन्त्री रहेका छन् ।
दुई उपप्रधानमन्त्रीसँगै शुक्रबार दुई मन्त्रीले पनि सपथ ग्रहण गरेका छन् । यसअघि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री रहेका गोकुल बास्कोटाले सोही मन्त्रालय सम्हाल्ने गरी मन्त्रीको सपथ लिएका छन् ।
त्यसैगरी, फोरमका तर्फबाट मो. इस्तियाक राईनले मन्त्रीको सपथ लिएर सहरी विकास मन्त्रालय सम्हालेका छन् । तीन राज्यमन्त्रीसहित ओली मन्त्रिमण्डल अब २४ सदस्यीय बनेको छ ।
मन्त्रिमण्डल र कार्यविभाजनको सूची यसप्रकार छ –

Credit : newskoseli.com