प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत सरकाले वार्षिक रुपमा प्रतिपरिवार कम्तिामा १ सय २० दिनको रोजगारीको सुनिश्चितता हुने गरी आन्तरिक रोजगारीको प्रारम्भिक खाका तयार पारेको छ ।
न्यूनतम ‘एक परिवार एक रोजगार’ नभए परिवारको एक जनालाई न्यूनतम १ सय २० दिन बराबरको पारिश्रमिकको आधा रकम निर्वाह भत्ताका रुपमा प्रदान गर्ने गरी प्रारम्भिक खाका तयार पारिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्यन कार्ययोजनाका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयले ७ वटा प्रदेशका सामाजिक सुरक्षा मन्त्रीहरुसँग सुझाव लिन आइतबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।
मुलकुभरका ७ सय ५३ स्थानीय तहमा प्रधानमन्त्ती रोजगार कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएको खबर सोमबारको कारोबार दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
