१२० दिने ‘मार्सल आर्ट प्रशिक्षण सम्पन्न

नेपालमा दोस्रो आयोजना गरिएको १२० दिने मार्सल आर्टस् नेतृत्व कौशल तथा शान्ति अध्ययन विषयक प्रशिक्षण कार्यक्रम समापन भएको छ । तङ्ग इल मोदो संघ नेपाल (एकीकृत मार्सल आर्ट) को आयोजनामा गत मार्च १२ देखि सञ्चालन भएको प्रशिक्षणको युनिर्भसल पीस फेडेरेशनका अन्तराष्ट्रिय अध्यक्ष डा.थोमस जी वाल्सले समापन गरेका थिए ।

विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको राष्ट्रिय तालिम केन्द्र जोरपाटीमा सञ्चालन भएको सो प्रशिक्षणको समापनमा डा.थोमस जी वाल्सले तङ्ग इल मोदो मार्सल आर्टको नयाँ संस्करण भएको बताउदै यसलाई बिश्वभरीनै फैलाउने बताउँदै उनले बिश्वमा यसले छुटै पहिचान बनाएको पनि बताए ।

पूर्वमन्त्री एकनाथ ढकालले खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षा दिन तङ्ग–इल मो–दो सफल भएको बताए । उनले खेलको माध्यमबाट शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले खेलाडीहरूलाई समाजप्रति आफ्नो जिम्मेवारी बोध गराउ र नैतिकवान बनाउन प्रशिक्षणले महत्वपूर्ण भूमिका खेलेको बताए ।

राष्ट्रिय खेलकुद परिषदका खेलकुद बिभाग प्रमुख कुल बहादुर थापाले नेपालले खेलको माध्यमबाट भातृत्वको विकास गरिने तथा समाजमा शान्ति स्थापनामा पनि महत्वपूर्ण योगदान रहेने चर्चा गरे । १२० दिने तालिमले खेलाडीले सिकेको सिप राष्ट्रको सम्पति रहेको बताए ।

समापनमा युपीएफ एशिया प्यासेपिकका अध्यक्ष डा. चङ्ग सिक योङ्ग युपीएफ सेन्ट्रल एशियाका उपाध्यक्ष युन चाक वक , युपीएफ एशियाका डा. लेक युथ एण्ड स्टुडेन्ट फर पिसका अन्तराष्ट्रिय अध्यक्ष डा. रोर्वट एस. किटेल लगायतले खेलको माध्यबाट समाजमा सद्भाव कायम राख्न मद्धत पुग्ने बताएका थिए । प्रशिक्षणमा देशैभरीबाट १३० जना युवायुवतीहरुको सहभागिता थियो ।

सो अवसरमा तङ्ग इल मोदा खेलाडिहरुले खेल कौशल्य प्रदर्शन गरेका थिए । तङ्ग इल मोदो संघ नेपालका अध्यक्ष सन्तोषकुमार पौडेलको अध्यक्षता भएको कार्यक्रमको संञ्चालन काशीनाथ खनालले गरेका थिए । सन् २००५ मा नेपालमा भित्रिएको यो खेल अहिले नेपालका अधिकांश जिल्लामा खेलिन्छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.