‘ब्रेनडेथ’ भएका व्यक्तिका विभिन्न महत्त्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भनेजिम्मेवार स्वास्थ्य संस्थाहरू नै ‘ब्रेनडेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपणमा बाधक बनेका छन् ।
हरेक महिना २० जनाको ‘ब्रेनडेथ’
अंग प्रत्यारोपण केन्द्र २४सै घन्टा ‘ब्रेनडेथ’ को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । ‘ब्रेनडेथ’ का कुनै घटना नभएर उनीहरूले प्रत्यारोपणमा खबर नगरेका भने होइनन् ।
महिनामा कम्तिमा २० वटा ‘ब्रेनडेथ’ का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिव निश्चितजस्तो देखिएको छ ।
एक व्यक्तिको अंगबाट पाँच जनालाई नयाँ जीवन दिन सकिने बताउँछन् केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ । तर, निजी चिकित्सकहरूले भने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठको कार्यशैलीका कारण समन्वय नभएको आरोप लगाएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
