हरुवा जुवाडेले जुवामा हारेपछि श्रीमतीलाई बुझाए

संसारमा विभिन्न घटनाहरू सार्वजनिक हुन्छन्, कतिपय यति आश्चर्यजनक हुन्छन् कि झट्ट सुन्दा हामीलाई विश्वास गर्न केही बेर लाक्ष्ग्छ । भारतको ओडिसा राज्यामा पनि एउटा यस्तै भटना सार्वजनिक भएको छ । ओडिशा राज्यको बालेश्वर जिल्लामा एक व्यक्तिले कथित रूपमा आफ्नी श्रीमतीलाई जुवामा हारेको घटना सार्वजनिक भएको छ।
हारे पछि उनले श्रीमतीलाई जित्ने मान्छेको जिम्मा लगाएको र जित्ने व्यक्तिले ती महिलाको बलात्कार गरेको आरोप लगाइएको छ।
महिलाले प्रहरीमा उजुरी गरेपछि उनका श्रीमान् र जुवा जित्ने व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीले भनेको छ, “पीडित महिलालाई हामीले जाँचका लागि बालेश्वर पठाएका छौँ र फरार दुवै आरोपीलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौँ।“
जबरजस्ती
आरोपीहरूविरूद्ध बलात्कारसहित अन्य अभियोग पनि दायर गरिएको प्रहरीले जनाएको छ। पीडित महिलाले भनिन्, “गत महिनाको २३ तारिख मेरा श्रीमान् राति ११ बजे घर आउनुभयो र मलाई बाहिर जाऊँ भन्नुभयो। मैले जानुपर्ने ठाउँबारे सोध्दा उहाँले केही भन्नुभएन।“
“मलाई जबरजस्ती गाउँ बाहिर लग्नुभयो जहाँ उहाँका साथी पहिल्यैदेखि हुनुहुन्थ्यो। म उहाँलाई दाइ भनेर बोलाउने गर्थेँ। उहाँले मेरो हात समाएर आफूतिर तान्न थाल्नुभयो। मैले विरोध जनाए पनि मेरै श्रीमान्ले मलाई उनको जिम्मा लगाइदिनुभयो।“
भोलिपल्ट पीडित महिलाकी छोरीले आफ्ना हजुरबुवा (आमापट्टिको) लाई फोन गरेर घटनाबारे जानकारी गराइन्।
त्यसपछि पीडित महिलाका बुवा र भाइ घर पुगे।
पीडित महिलाका बुवाले भने, “हामीले सम्धिज्यू र ज्वाइँ साहेबलाई घटनाबारे सोध्दा आफूहरूलाई केही थाहा नभएको भन्नुभयो। त्यसपछि मैले गाउँका मुखियासँग कुरा गरेँ।“
तनाव
उनले अगाडि थपे, “मुखियाले गाउँका अरू भद्रभलादमीसँग कुरा गर्नुभयो र हामीसँग दुई दिनको समय माग्नुभयो। हामी छोरी र उसका दुई सन्तानलाई लिएर फर्कियौँ।“
“मे २७ मा हामीले स्थानीय प्रहरी चौकीमा उजुरी गर्न खोज्दा प्रहरीले मेलमिलाप गर्न सुझाव दिए। बुधवार हामीले प्रहरी उपरीक्षक साहेबलाई भेटेपछि बल्ल उजुरी दर्ता भयो।“
चौकीका इन्चार्जले भने उजुरी लिन नमानेको भन्ने पीडित महिलाका बुवाको आरोपको खण्डन गरे।
उनले भने, “म आफैँ बिदामा थिएँ। बिदाबाट फर्केपछि दुई परिवारले मेलमिलापका लागि निवेदन दिएको बुझियो। तर प्रहरी उपरीक्षक सरले आदेश दिएपछि हामीले उजुरी लियौँ र अनुसन्धान थालिसकेका छौँ।“
पीडित महिलाका बुवाले चाहिँ उजुरीपछि आफूहरूलाई प्रहरीले तनाव दिइरहेको आरोप लगाएका छन्।
उनले भने, “प्रहरीले हाम्री छोरीसँग उटपटाङ प्रश्न सोध्ने गरेका छन्। मानौँ ज्वाइँ नभई हाम्री छोरी नै दोषी भए जस्तो।“बीबीसीको सहयोगमा

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.