१७ किलो सुनसहित पक्राउ परेका मनाङको नासो गाउँपालिका– ९, दानाक्युका ३१ वर्षीय पासाङ लामालाई लमजुङ जिल्ला अदालतले १० वर्ष ६ महिना कैद फैसला गरेको छ ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजालासले उनलाई विगोबमोजिम ८ करोड १६ लाख १४ हजार ९ सय ६० रुपैयाँ जरिवाना समेत तोकेको छ । सुनको विगोबमोजिमको उक्त मूल्य तत्कालीन अवस्थाको हो ।
संगठित अपराध ऐन, २०७० अन्तर्गतको मुद्धामा लामालाई थप ५० हजार रुपैयाँ जरिवाना तोकिएको अदालतका स्रेस्तेदार मुभिप्रसाद शर्माले बताएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
