सुत्केरी बिदा अब ९८ दिन…

अब सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी कम्तिमा ९८ दिन बिदा पाउने भएका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिन प्रस्ताव गरिएको छ ।

‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थयकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ’– विधेयकमा छ ।

भदौ मसान्तसम्म पारित गराउने तयारीसहित बनाइएको विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसुति स्याहार बिदा पाउने खबर साेमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.