सानद्वान रक्तदान एवं वृक्षारोपण कार्यक्रम सम्पन्न

सल्लाघारी एल्मुनाई एशोसिएशन नेपाल (सान)ले १२औँ स्थापना दिवसको अवसरमा वृहत् रक्तदान कार्यक्रम तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवसको अवसरमा वृहत् रक्तदान तथा वृक्षारोपण कार्यक्रम भक्तपुर सल्लाघारीस्थित श्री सैनिक आवासीय महाविद्यालय परिसरमा कार्यक्रम सम्पन्न गरेको हो ।

श्री सैनिक आवासीय महाविद्यालयका पूर्व विद्यार्थीहरुको संगठन(सान)ले श्री सैनिक आवासीय महाविद्यालय परिसरमा ‘सान ट्रि’ वृक्षारोपण गर्नुको साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।

सो अवसरमा सानका अध्यक्ष मेजरजनरल ताराबहादुर कार्की, श्री सैनिक आवासीय महाविद्यालयका सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी, प्रिन्सिपल सुरेन्द्र पनेरु, शिक्षक, कर्मचारीलगायत सानका पदाधिकारी एवं सदस्यहरुको उल्लेख्य सहभागिता रहेको सानका सचिव डा. राजेन्द्र केसीले बताउनुभयो ।

सो रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान दिनुभएको थियो भने कार्यक्रम सम्पन्न गर्नका लागि रेडक्रम सोसाइटी, डिक्यान लगायतका संस्थाहरुले सहयोग गर्नुभएको थियो ।

वि.सं. २०४३ साल जेठ २२ गते स्थापना भएको श्री सैनिक महाविद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सक्रियतामा वि.सं. २०६३ सालमा स्थापित सल्लाघारी एल्मुनाई एशोसिएशन नेपाल (सान)ले शिक्षा, स्वास्थ्य एवं विभिन्न समयसान्दर्भिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेको सचिव डा. राजेन्द्र केसीले बताउनुभयो ।

फोटो : समीर खड्का

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.