सरकारको सय दिन उपलब्धिहीन : निधि

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको सय दिनको कार्य उपलब्धिमूलक नभएको बताएका छन् ।

वन, वातावरण श्रमिक सङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आइतबार राजधानीमा उद्घाटनका अवसरमा उनले सो कुरा बताएका हुन् । उनले सरकारले सङ्घीयता र समावेशीताविरुद्ध एकाधिकार कायम गरेको बताउँदै सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको आरोप लगाए ।

रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर सरकारले भारत र चीनलाई रिझाउनेबाहेक अरू केही काम नगरेको उनको भनाइ थियो । उनले भने, ‘वर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले अल्झाएर राखेको छ, अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी अल्झाएर गरेर राख्छ ।’

सरकारले हुलाकी राजमार्गको काम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । उपसभापति निधिले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न, राष्ट्रिय एकताका लागि, विकास तथा समृद्धिका लागि आफ्नो पार्टीले सरकारलाई सकारात्मक रूपमा सहयोग गर्ने बताउँदै देश विकासका लागि आवश्यक गृहकार्य गर्न दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकारले प्रयत्न गर्नुपर्ने उल्लेख गरे ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.