सम्झौता अनुसार तोकिएको समयमा काम नसक्ने ठेकेदारविरुद्ध प्रशासन कडा बन्दै गएको छ ।
कर्णाली प्रदेशभित्रै सञ्चालित योजना सम्झौताअनुसार म्यादभित्रै सम्पन्न नगर्ने ठेकेदार र उनहरु सम्बद्ध कम्पनीको विवरण संकलन गरेर गृह मन्त्रालयमा पठाउनेदेखि स्थानीयस्तरमै पनि निगरानी र कारबाही प्रक्रिया सुरु गरिएको जानकारी क्षेत्रीय प्रशासक रामप्रसाद थपलियाले दिए ।
‘अधिकांश जिल्लाले सम्झौता अनुसार समयमै काम नगर्ने ठेकेदार र सम्बद्ध कम्पनीका नाम गृह मन्त्रालयमा पठाएर हामीर्ला बोधार्थ दिएका छन्,’ कर्णाली प्रदेश सरकारका प्रमुख सचिव समेत रहेका थपलियाले भने– ‘केही जिल्लाको विवरण दुई–तीन दिनमै संकलन गरेर गृहमा पठाउँदैछौँ ।’
‘कामचोर’ ठेकेदारमाथि सरकारले गर्दै गएको कडाइबारेको यो खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
