सबै कम्युनिष्ट एक हुन कांग्रेस प्रवक्ता शर्माको आग्रह

रुकुम : नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्र मात्र होईन नेपालका सबै कम्युनिष्टहरु एक हुनेपर्ने बताएका छन्।  सरकारमा रहेका र सडकमा रहेका सबै कम्युनिष्टहरु सबै एक ठाउँमा आएर लोकतन्त्र र संघियताको अभ्यासमा लाग्नुपर्ने उनको भनाई थियो।

पार्टी कार्यकर्ता प्रशिक्षणका लागि रुकुम पश्चिम सदरमुकाम मुसिकोट आएका प्रवक्ता शर्माले प्रेस युनियन रुकुमको गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो कुरा बताएका हुन् नेकपा एमाले र माओवादी केन्द्र हिंसाको विचार माओवाद त्यागेर संसदीय राजनीतिमा आएको उल्लेख गर्दै नेपाली काग्रेसले लिएको शान्तिपुर्ण संसदीय राजनीतिमा अन्य कम्युनिष्टहरु पनि आउनुपर्ने उनको भनाई थियो।

‘अब हिंसाको बाटोमा कोहि नजाऔं सबै प्रजातान्त्रिक मुल्य मान्यता र शान्तिको बाटोमा हिडौं र अरुलाई पनि हिडाऔं’ उनले भने, ‘अब गाउँ र सडकमा आन्दोलन गर्ने विप्लवसहितका अन्य पार्टीहरुलाई पनि वाम सरकारले एकताबद्ध गरेर शान्तिपुर्ण बाटोमा ल्याउनुपर्छ, विप्लवलाई शान्तिपुर्ण बाटोमा ल्याउन अब गिरिजाबाबु आउनुहुन्छ ?, केपी र प्रचण्डले ल्याउनुपर्छ।’  रुकुम रोल्पा जस्ता जिल्लाका माटोहरु अब रगतले होईन विकास र समृद्धिले रंगिएको हुनुपर्ने उनको भनाई थियो।

देशले संघियता संस्थागत सहितको विकास र समृद्धि चाहिरहेको भएपनि वाम सरकारको बजेट र कार्यशैली त्यसतर्फ केन्द्रित नभएको पनि उनको आरोप थियो।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.