सडक दुर्घटनामै बर्सेनि दुई हजारको मृत्यु

काठमाडौं : पाल्पाको रम्भा–४ धारादीमा शुक्रबार बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। दुर्घटनामा नौ जना घाइते भएको छन्। पाल्पाको दुर्घटना पछिल्लो सडक दुर्घ टना हो। सरकारी तथ्यांकले मुलुकमा सडक दुर्घटनाको अवस्था कहालीलाग्दो रहेको समाचार अन्नपूर्णपोस्ट दैनिकले छापेको छ। सरकारी तथ्यांकअनुसार सडक दुर्घटनाबाट बर्सेनि दुई हजारको मृत्यु हुने रेको छ।

आर्थिक वर्ष २०६८/६९ देखि २०७४/७५ को सात वर्षको अवधिमा देशका विभिन्न स्थानमा भएका सडक दर्घटनामा १३ हजार ९३१ जनाको मृत्यु भएको छ। सात वर्षमा ६४ हजार १६८ वटा दुर्घटना भएका थिए। चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मम भएको नौ हजार ५० वटा दुर्घटनामा दुई हजार ९७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७३/७४ मा जम्मा १० हजार १७८ वटा दुर्घटना भएको कान्तिपुर दैनिकमा समाचार छ। जसमध्ये ट्रक/ट्याङकर दुई हजार २३०, बस दुई हजार ४३, जिप/कार चार हजार आठ, ट्याक्टर ६४५, टेम्पो २२०, मोटरसाइकल छ हजार १५२ र अन्य ६१७ वटा रहेका छन्।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.