शान्ति श्री परियारको आवाजमा फेरी आयो अर्को मार्मिक गीत“तिमी विना एक पल” (भिडियो सहित)

प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा मिश्रा काफले र जनक विन्दासको लोकदोहोरी गीत ”तिमी विना एक पल “गीतमा माया र प्रेम विछोडको त्रिकोणात्मक भाव समेटिएको भिडियो बजारमा आएको छ ।

गायक कमल विरही र गायिका मिश्रा काफले र शान्ती श्री परियारको सुमधुर आवाजमा गीत तयार पारिएको गीत बजारमा आएको हो । मनमा जस्तो सुकै पिडा भएपनि त्यो पिडालाई भुलेर हासेर बाच्न सकिने कुरा गायक विरहीले गरेका छन ।

धुव्र गुरुङको शब्द सिर्जना तथा राज सुर्खेतीको मौलिक लय सिर्जना रहेको गीतमा मौलिकपनलाई अधिक मात्रामा प्रयोग गरिएको कारण सर्वोकृष्ट बनेको गायिका शान्ति श्री ले बताइन ।

सुजन न्यौपानेले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । “तिमी विना एक पल ” भिडियोमा सागर विरही , शिवन लिम्वु र सलिन श्रेष्ठको अभिनय रहेको छ । गीतको भिडियोलाई सुजन न्यौपानेले निर्देशन गरेका छन । हेर्नुहोस भिडियो

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.