विश्व वातावरण दिवसको अवसरमा भद्रवासमा अन्तरविद्यालय वक्तृत्वकला कार्यक्रम

कागेश्वरी–मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु सिंखडाले वातावरण र पर्यावरणको बारेमा विद्यार्थी भाइबहिनीमा वातावरण सम्बन्धी जानकारी हासिल गर्न सकियो भने वातावरण संरक्षणमा टेवा पुग्नेमा जोड दिनुभयो ।

उहाँले विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा महिला वातावरण समूह तथा कागेश्वर मनोहरा नगरपालिका वडा नं. १,२ र ३ ले संयुक्त रुपमा भद्रवासस्थित श्री आदर्श उच्च माध्यमिक विद्यालय भद्रवासको प्राङ्गगणमा गत शुक्रबार आयोजित अन्तरविद्यालय वक्तृत्वकला कार्यक्रमको क्रममा सो कुरा व्यक्त गर्नुभएको हो ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष रामहरि पुडासैनीको सभापतित्व तथा कागेश्वर मनोहरा नगरपालिकाकी उप–प्रमुख विन्दुृ सिंखडाको प्रमुख आतिथ्यतमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कानुन अधिकृत दिपेन्द्रबहादुर ओली, जया मन्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेल, बुद्ध–पशुपति एकेडेमीका प्रिन्सिपल हरिहर तिमल्सिना र कागेश्वर मनोहरा नगरपालिकाका वडा नं. १ र २ र वडा अध्यक्ष क्रमशः मुकुन्द गजुरेल, सुदर्शन धिमाल र रामहरि पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।

हामीकहाँ फोहरमैला धेरै छ, तर कानूनी रुपमा कडाइका साथ दण्डजरिवाना गर्ने प्रचलन छैन । व्यवहारिक पक्षबाट सोच्दाखेरि वातवारण दिनप्रतिदिन बिग्रँदै गएको अवस्थामा पुगेको छ । तसर्थ, समयमै वातवारण संरक्षण गर्ने हो भने फोहरमैलाको उचित व्यवस्थापन हुन जरुरी छ । विगत २५ वर्षदेखि निरन्तर रुपमा महिला वातावरण समूह क्रियाशील रुपमा वातवारण संरक्षणको कार्य गर्दै आएको मुग्घकण्ठले प्रशंशा समेत गर्नुभयो ।

जया मल्टिपल कलेजका प्राचार्य भवानीप्रसाद पौडेलले विश्व वातावरण दिवसको अवसरमा विद्यालयका भाइबहिनीबीच वक्तृत्वकला जस्ता रचनात्मक कार्यक्रम एकतर्फ ज्ञानको दिवार फराकिलो हुने र अर्कोतर्फ वातवारण संरक्षणमा जुट्न समेत उत्प्रेरित गराउने भएकाले यस्ता कार्यक्रमहरु निरन्तर रुपमा आयोजना हुन् भन्ने शुभकामना समेत दिनुभयो ।

सो अवसरमा वातावरणविद् तथा महिला वातावरण समूहकी अध्यक्ष अन्जुसिंह शाहले महिला र वालबालिकामा वातावरण सम्बन्धी चेतना जागृत गराउन सकेको खण्डमा मात्र वातावरण संरक्षणमा टेवा पुग्ने बताउँदै गाउँ, नगर र प्रत्येक कुना–कुनामा समेत वातावरण जागरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरविद्यलाय वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना पुरस्कार पाउने विद्यार्थीभाइबहिनीहरुलाई प्रमुख अतिथि र विशेष अतिथिहरुले प्रमाणपत्र तथा पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

यसैबीच, “प्लाष्टिक प्रदूषण निर्मूल पारौः सके पुनप्रयोग, नसके बहिष्कार”भन्ने नाराको साथ यस वर्षको विश्व वातावरण दिवस नेपाल सरकारले समेत महाअभियानको रुपमा मनाउँदै छ । यसैक्रममा वातावरण मन्त्रालयले आउँदो जेष्ठ २२ गते मंगलबार जाउलाखेल मैदानमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विश्व वातवारण दिवस मनाउन लागेको छ ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.