विश्वकप– २०१८ : क–कसको रोजाइमा कुन–कुन टोली र खेलाडी ?

 

शुक्रबारको कान्तिपुर दैनिकले विश्वकप विशेषांक प्रकाशित गरी ‘नेपाली नजर’ शीर्षकमा विशेष सामग्री छापेको छ । नेपाली फुटबलरका मन पर्ने टोली, खेलाडी र सम्भावित विजेताबारे विस्तृतमा प्रस्तुत सामग्री यसप्रकार छ–

विमल घर्ती मगर
मन पर्ने टोलीः अर्जेन्टिना
मन पर्ने खेलाडीः लियोनल मेस्सी
सम्भावित विजेताः अर्जेन्टिना
किन ? अर्जेन्टिनामा विश्वस्तरीय खेलाडी र आफ्नै इतिहास छ ।

विशाल श्रेष्ठ
मन पर्ने टोलीः ब्राजिल
मन पर्ने खेलाडीः इकार कासियास (स्पेन)
सम्भावित विजेताः ब्राजिल
किन ? टोलीमा युवा खेलाडीको जोस छ । क्लब स्तरमा राम्रो प्रदर्शन गरिरहेको टोलीको सन्तुलन पनि राम्रो छ ।

अनन्त तामाङ
मन पर्ने टोलीः जर्मनी
मन पर्ने खेलाडीः सर्जियो रामोस (स्पेन)
सम्भावित विजेताः जर्मनी
किन ? जर्मनीको डिफेन्स निकै राम्रो छ । आक्रमणमा पनि एक से एक खेलाडी छन् ।

अञ्जन बिष्ट
मन पर्ने टोलीः पोर्चुगल
मन पर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
सम्भावित विजेताः ब्राजिल
किन ? ब्राजिलमा आक्रामक खेलाडीको जमात स्तरीय छ । टोली निकै सन्तुलित छ ।

भरत खवास
मन पर्ने टोलीः ब्राजिल
मन पर्ने खेलाडीः लुइस सुआरेज (उरुग्वे)
सम्भावित विजेताः ब्राजिल
किन ? विश्वकै चर्चित खेलाडी ब्राजिलमा छन् । विशेषतः छोटो पास खेल्ने कला अद्भुत छ र विश्वकपमा फरक पार्न सक्छ ।

सुजल श्रेष्ठ
मन पर्ने टोलीः स्पेन
मन पर्ने खेलाडीः क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
सम्भावित विजेताः स्पेन
किन ? स्पेनको राम्रो टोली बनेको छ । युवार अनुभवी खेलाडीको सम्मिश्रणले टोलीमा सन्तुलन छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.