विवेकशील साझा पार्टी पर्सा जिल्ला अध्यक्षसहितको समुह नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको छ । मंगलबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सो पार्टीका नेताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई अध्यक्ष प्रचण्डले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए । प्रचण्डले सबै नवप्रवेशीहरूको विगतको राजनीतिक पृष्ठभूमिका बारेमा सोधेका थिए ।
विवेकशील साझा पार्टीका पर्सा जिल्ला अध्यक्ष रामकुमार पाण्डेको नेतृत्वमा व्यवस्थापिका प्रमूख बबिल थापा, कार्यपालिका प्रमूख मुस्ताक अलाम, न्यायपालिका प्रमूख सुरेशकुमार बादल लगायतको सिंगो पार्टी नेकपामा प्रवेश गरेको हो ।
अध्यक्ष पाण्डे जनयुद्धको समयमा रामेछाप जिल्ला जनसरकार उपप्रमुखसमेत बनेका व्यक्ति हुन् । उनले अब नेपालको आर्थिक समृद्धि नेकपाबाट मात्र सम्भव भएकाले आफू पार्टी प्रवेश गरेको बताए ।
Credit : onlinepana.com
