वली सरकार कस्तो छ?

डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।

ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले डा. गोविन्द केसीको माग पूरा गर, माफियामुखी ऐन चाहिदैन, ओली सरकार कस्तो छ, श्री ३ जस्तो छ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनकारीहरु छाता ओढेर माइतीघरदेखि वानेश्वरतर्फ जुलुस लिएर अघि बढेका छन् । डा. केसीका समर्थकले यसलाई छाता आन्दोलन नाम दिएका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.