विगतका वर्षमा ढुवानीका क्रममा वार्षिक कम्तिमा ६८ करोड बराबरको इन्धन चुहावट (चोरी) भएको तथ्य पुष्टि भएको छ ।
नेपाल आयल निगमले इन्धन ढुवानीमा सेक्युरिटी लकिङ सिस्टम प्रयोगमा ल्याउनुअघि वार्षिक ६८ करोड रुपैयाँ बराबरको इन्धन चुहावट भएको पुष्टि भएको हो । विगतमा इन्धन ढुवानीका क्रममा ट्यांकर चालकले बीच बाटोमा तेल चोरी गरेका कारण पूरा परिणाम नआएको निगम र पम्प सञ्चालकहरुले बताउँदै आएका थिए ।
ढुवानीका क्रममा हुने तेल चोरी नियन्त्रण गर्न निगमले सबै ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम जडान गरेपछि इन्धन चुहावट (चोरी) नियन्त्रण भएको खबर बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
