हकप्रद र बोनस सेयरमा अंकित मूल्यलाई आधार मूल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोबार नै ठप्प पारे ।
आइतबार आन्तरिक राजस्व विभागले यस्तो व्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्वारा सहमति खोज्ने प्रयास गरेका थिए । तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोबार नै ठप्प भएको हो ।
सार्वजनिक बिदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रो पटक भएको खबर बुधबारको कारोबार दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
