रोनाल्डो बाजी मारे ‘सर्वोत्कृष्ट पुरुष फुटबल’ को उपाधि

अर्जेन्टिनाका स्टार नियोनल मेसी र ब्राजिलका नेइमारलाई पछि पार्दै पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोले वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडीको उपाधि जित्न सफल भएका छन् ।

हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोले स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि जितेका हुन् ।

यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्। चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम सहभागी थिएनन्। गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए।पाँच पटकको बालोन डीओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.