रोकियो अनुसन्धान, तस्करी रोकिएन सुन तस्करी !

 

सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेललको संयोजकत्वमा सरकारले गठन गरेको अनुसन्धान समितिको म्याद असार मसान्तमा सकिएको छ ।

चार महिनासम्म चर्चाको शिखरमा रहेको सुन तस्करी प्रकरणमा टुंगोमा नपुगीकनै अनुसन्धान टोली विश्राम लिन पुगेको छ । अनुसन्धान रोकिए पनि तस्करहरुले आफ्नो धन्धा भने रोकेका छैनन् । प्रहरीले हरेक साताजसो विमानस्थलबाट सुन बरामद गर्दै आएकाले तस्करी नरोकिएको पुष्टि हुन्छ ।

विगत दुई साताको अवधिमा मात्रै पनि त्रिभुवन विमानस्थलमा खटिएको प्रहरीले तीन किलोभन्दा बढी सुन बरामद गरेको खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.