चर्चित टीकापुर घटानाका अभियुक्त रेशम चौधरीले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ‘छलफलका लागि’ सदरखोर डिल्लीबजारमा निम्त्याएका छन् ।
चौधरीले पूर्वमाओवादी लडाकु दिल निसानी मगरमार्फत पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई हस्तलिखित पत्र पठाएका हुन् । पत्रमा उनले टीकापुर घटनालाई राजनीतिक नबनाइएको भन्दै दुःखेसो समेत पोखेका छन् ।

‘राजनीतिक यात्राको आरोह अवरोहसँगै अहिले डिल्लीबजार सदर खोरमा पुगेको छु । हिजो इतिहास पढ्यौँ, आज स्वयं भोग्दै छौँ । तीन वर्ष भो सरकारले फैसला नगरी पुर्पक्षका लागि २६ जनालाई धनगढी कारागारमै थुनेको छ,’ पत्रमा लेखिएको छ– ‘टीकापुर घटना राजनीतिक हुन सकेन, बनाइएन । हुन नसक्नु र नबनाइनुको पछाडि एउटै कारण हो, एउटै वर्ग र समुदाय मात्रै आन्दोलनमा संलग्न हुनु ।’
यस्तो छ चौधरीले बाबुरामलाई पठाएको पत्र–

Credit : newskoseli.com