राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा प्रायोजित राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगिताको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडद्धारा मूख्य प्रायोजित चौथो रँष्ट्रिय RBB-NVA WOMEN’S CLUB LEAGUE VOLLEYBALL प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलबाट शुभारम्भ भएको छ ।

खेलको उद्घाटन प्रतिनीधि सभाका माननीय सांसद जीवनराम श्रेष्ठले गर्नुभयो । सो कार्यक्रम नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले भलिबलको लोकप्रियतालाई देखेर बैंकले संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको बताउंदै आगामी दिनमा पनि मिलेर अगाडी बढ्ने बताउनुभयो ।

जेठ २१ देखि २६ गते सम्म संचालन हुने प्रतियोगितामा तीन वटा विभागीय सहित छ टिमले भाग लिने छन् । नेपाल सरकारद्धारा मिति २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल भएको घोषण गरिसकेको छ ।

प्रत्येक वर्ष १० लाख रुपैंया प्रदान गर्ने गरि दुई वर्षको लागि राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच राष्ट्रिय लिग प्रतियोगिताको नामको अगाडी आरबीबी–एनबीए नाम राख्नु पर्ने सम्झौता भएको थियो ।

चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख, द्धितीय हुने टिमलाई १ लाख, तृतीय हुने टिमलाई ५० हजार तथा चौथो हुने टिमलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने छ । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव महाप्रवन्धक कबिराज अधिकारी, विभागीय प्रमुख नरेशराज अर्याल, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.