राष्ट्रिय वाणिज्य बैंक लि. र नेको इन्स्योरेन्स लि.बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय भुपेन्द्र पाण्डे र कविराज अधिकारी, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, केशबप्रसाद लम्साल, उद्धबप्रसाद खनाल, नरेशराज अर्याल, विभागीय प्रमुखहरु कपिलमणि ज्ञवाली, महेन्द्रप्रसाद अवस्थी, नेको इन्स्योरेन्स लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्का, बरिष्ठ प्रवन्धक विशालकुमार थापा, बरिष्ठ अधिकृत नरेश श्रेष्ठको उपस्थिती रहेको थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.