राशिद खानले रचे इतिहास, अन्तर्राष्ट्रिय टी-२० मा बनाए नयाँ विश्व रेकर्ड

अफगानिस्तानका युवा स्पिनर राशिद खान सबैभन्दा छिटो टी ट्वान्टी अन्तर्राष्ट्रियमा ५० विकेट लिने खेलाडी बनेका छन्।१९ वर्षीय खानले आइतबार बंगलादेशविरूद्ध ३ विकेट लिएपछि उनी सबैभन्दा छिटो ५० विकेट पुरा गर्ने दोस्रो बलर भएका हुन्।

राशिदले ३१ टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पुरा गरेका हुन्। यो सँगै उनले दक्षिण अफ्रीकी स्पिनर इमरान ताहिरसँग बराबरी गरेका छन्।दोस्रो स्थानमा पुग्ने क्रममा उनले डेल स्टेन तथा उमर गुल जस्ता बलरलाई पछि छोडेका हुन्। स्टेनले ३५ खेलबाट ५० विकेट लिएका थिए भने उमर गुलले ३६ खेल खेल्नु परेको थियो।

अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीमा श्रीलंकाका मिस्ट्री स्पिनर अजन्था मेन्डिस छन्। उनले २६ खेलबाट यो रेकर्ड बनाएका हुन्। तर उनलाई यो रेकर्ड बनाउन ३ वर्ष ३६० दिनको समय लागेको थियो। यता रासिदले २ वर्ष २२० दिनमै यो रेकर्ड बनाएका हुन्।

अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीहरू

  • अजन्था मेन्डिस(श्रीलंका)- २६ खेल
  • राशिद खान (अफगानिस्तान)-३१
  • इमरान ताहिर (दक्षिण अफ्रिका)-३१
  • डेल स्टेन(दक्षिण अफ्रिका)-३५
  • उमर गुल (पाकिस्तान)- ३६
  • सईद अजमल(पाकिस्तान)- ३७

सबैभन्दा कम समयमा ५० विकेट लिने खेलाडी

  • राशिद खान (अफगानिस्तान)- २ वर्ष २२० दिन
  • सईद अजमल (पाकिस्तान)- २ वर्ष २९६ दिन
  • इमरान ताहिर (दक्षिण अफ्रिका) – ३ वर्ष १९९ दिन
  • अजन्था मेन्डिस (श्रीलंका) -३ वर्ष ३६० दिन
  • उमर गुल (पाकिस्तान)- ४ वर्ष ८६ दिन

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.