रावा बैंक कर्मचारी संघ नेपालको २९ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको २९ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले एक समारोहका बीच २९ औं वार्षिकोत्सब मुल कार्यक्र्रमको समुदघाटन गर्नुभयो ।

सो अवसरमा अध्यक्ष प्याकुरेलले नयां परिस्थिति अनुसार आन्दोलनका स्वरुप परिवर्तन गर्नुपर्छ भन्दै ट्रेड यूनियन आन्दोलनमा मजदुर र ब्यवस्थापन बीचको समस्या वार्ता र छलफलबाटै समाधान गरिनुपर्ने बताउनुभयो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालकका अध्यक्ष हेमराज सुेवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ-BIFU_ नेपालका राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, कर्मचारी संघ नेपालका पूर्व अध्यक्ष राजेन्द्र ज्ञवाली, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष कुलप्रसाल शर्मा, नेपाल वित्तीय संस्था कर्मचारी संघ रावा बैंकका अध्यक्ष गगनसिंह घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन रावा बैंकका अध्यक्ष दिपेन्द्र कार्कीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।

२९ औं वर्षिकोत्सव अवसरमा ९० जना बैंक कर्मचारीहरुले रक्तदान गर्नुभएको थियो । वािर्षकोत्सवको अवसरमा जोरपाटि स्थित बुद्धिष्ट बालगृहमा अनाथ बालबालिकाहरुलाई खाना खुवाइएको थियो भने रावा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसर सरसफाई गरिएको थियो । साथै सो अवसरमा बैंक कर्मचारीहरु बीच भएको तातो आलु नामक खेल प्रतियोगिता समेत संचालन गरिएको थियो ।

सो खेलमा प्रथम संन्ध्या सिंह, द्धितीय संगीता लामिछाने र तृतीय ईश्वरी मल्ल हुनुभएको थियो । विजयी प्रतियोगीहरुलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कर्मचारी संघमा आवद्ध निवृत ११२ जना बैंक कर्मचारीहरुलाई संघको आजिवन सदस्य पदक प्रदान गरिएको थियो । २०७४ सालको माध्यामिक शिक्षा परीक्ष see मा उत्कृष्ट जीपिए प्राप्त गर्ने कर्मचारी संघमा आवद्ध बैंक कर्मचारीहरुका ७ जना छोरा छोरीहरुलाई राविया छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

कर्मचारी संघ नेपालका महासचिव लक्ष्मीप्रसाद पाण्डेयले संचालन गर्नुभएको सो कार्यक्रममा वरिष्ट उपाध्यक्ष रामप्रसाद जोशीले स्वागत मन्तब्य दिनुभएको थियो । कार्यक्रममा बैंकका संचालकहरु, नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रवन्धकहरु, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिति रहेको थियो ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.