रहेनन् पूर्वगृहमन्त्री दानबहादुर शाही

काठमाडौं : पूर्वगृहमन्त्री दानबहादुर शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन भएको छ।  शाहीको पारिवारिक स्रोतका अनुसार उनको आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनकाे मृत्यु भएको हो।

श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पतालमा उपचाररत थिए। डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका गृहमन्त्री थिए।

लामो समय निजामति सेवामा बिताएका शाहीले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीश भएर काम गरेका थिए।  उनको आइतबार नै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.