यो सरकार कस्तो छ, श्री ३ जस्तो छ !

मेडिकल शिक्षामा सुधारको माग गर्दै २२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागको समर्थनमा शनिबार पनि र्‍याली निकालिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा निकालिएको र्‍यालीमा विभिन्न राजनीतिक दलका नेतासहित अधिकारकर्मीहरुको उपस्थिती रहेको छ ।

नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधान न्यायधीश सुशीला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, साहित्यकार खगेन्द्र संग्रोला लगायत सहभागी छन् । र्‍यालीमा सहभागीले यो सरकार कस्तो छ, श्री ३ जस्तो छ ! लगायतका नारा लगाएका छन् ।

काठमाडौंको माइतिघरबाट निकालिएको र्‍याली नयाँ वानेश्वरमा पुगेर कोणसभामा परिणत हुनेछ । सरकारले जुम्लाबाट बल प्रयोग गरेर डा. केसीलाई काठमाडौं ल्याएको थियो ।

अनसनरत डा. केसीको आन्दोलनमा पछिल्लो समय सरकार बाहिर रहेका राजनीतिक दल तथा विभिन्न क्षेत्र र पेशाकर्मीले ऐक्यवद्धता जनाउने क्रम बढ्दै गएको छ । उनीहरु डा. केसी अनसनरत त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सरकारसँग उनको जीवन रक्षाको माग गर्दै आएका छन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.