यसरी संकटमा पर्‍यो राजपाको वैधानिकता

आफैंले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ ।

मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले विर्नाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो । दलको वैधानिकता जोगाउने उपाय खोज्न मंगलबार राजपा अध्यक्ष मण्डलको बैठक बसेको थियो ।

‘हामीले सबै समसामयिक विषयमा छलफल गर्‍यौं,’ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने– ‘बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।’

दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएको यो खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.