म्यूजीक हाईलाइट्सको वनभोज कार्यक्रममा पत्रकार र कलाकारलाई निःशुल्क

 म्यूजीक हाईलाईट्सले विश्वकपको पूर्वसन्ध्यामा वनभोज कार्यक्रमको आयोजना गरेको छ । प्रकृतिले भरिपूर्ण दोलालघाटमा तपशिलमा उल्लेखित मिति र समयमा वनभोज कार्यक्रम गर्न लागेको हो ।

बनभोज कार्यक्रममा पत्रकार र कलाकारहरुलाई निःशुल्क पासको व्यवस्था गरेको जानकारी म्यूजीक हाईलाइट्सका प्रवन्धक ओम प्रसाईले जानकारी दिनु भएको छ ।

उक्त अबसरमा वनभोजमा उपस्थित हुने सम्पूर्णलाई विशेष उपहार पनि प्रदान गरिने भएको छ । यस पटकको वनभोज कार्यक्रममा नेपाली सिने जगतका पुराना तथा नयाँ कलाकारहरुको उपस्थित रहने भएको जानकारी न्यूज अभियानलाई दिनु भएको हो ।

सिट सिमित रहेको हुनाले पत्रकार तथा कलाकारहरुलाई सिट बुकिङ्ग गर्नको लागि छिटोभन्दा छिटो कन्फरमेशन दिन पनि अनुरोध गरिएको छ ।

वनभोज जाने मितिः २०७५ साल जेष्ठ २६ गते शनिबार
स्थान : दोलालघाट
समय : विहानै अनामनगर र कोटेश्वरबाट बसको व्यवस्था । वेलुकी ढिला भएमा निश्चित स्थानसम्म पु-याउने व्यवस्था ।
सिट बुक भईसकेपछि अरुलाई बुकिङ्ग गर्न नसकिने ।
पारिवारिक वनभोज भएकोले परिवारलाई पनि लान सकिने तर सशुल्क।
विस्तृत जानकारीको लागि ९८५१०३१२८५, ९८०१५५७७००

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.