काठमाडौं : दसैंअघि नै काठमाडौं उपत्यकावासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्ने खानेपानी मन्त्री बिना मगरको उद्घोष पूरा नहुने भएको छ। ठेकेदार कम्पनीले आर्थिक वर्षको अन्त्यमा काम ठप्प बनाउँदा काठमाडौं दसैंअघि नै मेलम्चीको खानेखानी वितरण गर्ने योजना अन्योलमा परेको हो।
ठेकेदार कम्पनीले बढीमा चार महिनाभित्र काठमाडौंमा मेलम्चीको पानी पुर्याउने प्रतिवद्धता गर्दै तालिका बनाएर काम गर्ने भनिए पनि काम नगरेपछि सरकार अन्योलमा परेको समाचार अन्नपूर्णपोस्ट दैनिकले छापेको छ।
मन्त्रालयका सचिव कृष्णराज बीसीले झन्डै एक महिनादेखि काम रोकिएको जानकारी दिँदै अब पनि उच्च व्यवस्थापनले गम्भीरता नदेखाए सरकारले जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिए। मन्त्रालयले इटालीमा रहेको ठेकेदार कम्पनी सीएमसीको केन्द्रीय कार्यालयमा शुक्रबार अन्तिम पत्र पठाएको छ।
Credit : raranews.com
