मुक्त कमैयाहरुलाई अव प्रदेश सरकाले व्यवस्थित गर्ने मुख्यमन्त्री शंकर पोखरेललको भनाई

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुक्त कमैयाहरुलाई व्यवस्थित गर्ने काम अव प्रदेश सरकारको भएको बताएका छन् ।

१९ औ मुक्ति दिवसका अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाले गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्य मन्त्री पोखरेलले पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका पालामा घोषणा भएका कमैयाहरु पुर्व तयारी बिना भएकाले अव प्रदेश सरकारले केन्द्र सरकार संग मिलेर मुक्त कमैयाहरुलाई व्यवस्थित गर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर हुने जस्ता तालिमहरु दिएर उनीहरुको जिविको पार्जनमा सहयोग पुराउने उदेश्यले अब चाडै नै केन्द्र सरकारसंग सहकार्य गरेर दाङ्ग,बांके, बर्दिया ,कैलाली लगायतका मुक्त कमैयाहरुलाई प्रदेश सरकारले व्यवस्थित तरिकाले पूर्नस्थापनाको तयारी गर्ने मुख्य मन्त्री पोखरेलले बताए ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.