‘मिसेस् युनिभर्स २०१८’मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने

फिलिपिन्सको मनिलामा आयोजना हुने ‘मिसेस् युनिभर्स २०१८’मा नेपालको प्रतिनिधित्व मनिषा डंगोल श्रेष्ठले गर्ने भएकी छन् । ई प्लानेट प्रा.लिले श्रेष्ठलाई सोमबार राजधानीमा एक कार्यक्रमका बिच ‘मिसेस् नेपाल युनिभर्स २०१८’को ताज पहिर्याउँदै ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिनिधिको रुपमा सार्वजनिक गरेको हो ।

कार्यक्रममा पुर्व मिसेस् नेपाल दीपा शाही राणा, लिटिल मिस वल्र्ड युनिभर्स विशेषता बुढाथोकीले मनिषा शालाई मिसेस् नेपाल युनिभर्स २०१८ को ताज लगाइ दिए । मिसेस् युनिभर्स २०१८ मा सहभागीका लागि श्रेष्ठले कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धित अभिमुखिकरण र प्रशिक्षण प्राप्त गर्नेछिन् ।

यसअघि ई प्लानेटले २०१३ मा मिना घिमिरे, २०१४मा रजनी थापा र २०१६ मा पद्मिनी झालाई या प्रतियोगितामा पठाएका थियो । घिमिरेले मिसेस कन्जिन्यालिटी, थापाले ब्युटीफुल लेडी अवार्ड नेपाल भित्र्याएका थिए ।मनिषा दुई सन्तानकी आमा हुन् । आफूलाई फिलान्थ्रोपिष्ट भन्न रुचाउने उनी विगत एकदशक देखि महिला सशक्तिकरण र फेसनसँग सम्बन्धित रहँदै आएकी छन् ।

‘मिस अस्कोल १९९७’को रुपमा पनि परिचय बनाएकी उनी लन्डनमा बस्दै आएकी छिन् । लन्डनमै ‘लन्डन फेसन हाउस’ संचालन गर्र्दै आएकी उनी सो फेसन हाउस मार्फत् नेपाली फेसन, कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि विस्तारित गर्न सक्रिय छिन् ।

आगामी डिसेम्बर ३ देखि १० तारिखसम्म हुने कार्यक्रममा ३० भन्दा बढी देशको देखि ४५ वर्षसम्मका विवाहिता महिलाहरु सहभागी हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हो । प्रतियोगिता जिम्मेवार जीवनसाथी, महिला सशक्तिकरण तथा मानव अधिकार प्रति समर्पित रहेको आयोजकले जानकारी दिएको छ ।

फेसन हाउसको क्रिएटिभ हेड एवं निर्देशक ,नेप्लीज् युथ क्लबकी संस्थापक अध्यक्ष, पासा पुचः गुठी युके उपाध्यक्ष रहेकी उनी लन्डन फेसन हाउसको ब्यानरमा मिसेस् नेपाल युके, मिस टिन नेपाल युके तथा मिस लिटिल नेपाल युकेको आयोजना गर्दै आएकी छिन् । एनआरएनए युकेको पहिलो युथ कोअर्डिनेटर समेत रहिसकेकी उनी एनआरएनएमा विभिन्न रुपमा सक्रिय रहँदै आएकी छिन् ।

वेष्ट लन्डन कलेज तथा सिटि अफ लन्डन कलेजबाट स्नातकोत्तरको अध्ययन पूरा गरेकी उनले प्रतियोगीतामा नेपालीको नाम उच्च राख्दै नेपाली कलासंस्कृती अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने कार्यक्रममा बताइन् ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.