वरिष्ठ राजनितिक बिश्लेसक खगेन्द्र सङ्ग्रौलाले माओवादी केन्द्रलाई एमाले सङ्गको पार्टी एकता नभै आफैंले निर्माण गरेको अस्तित्व र इतिहासको मलामी हुन पुगेको टिप्पणी गरेका छन् ।
बिश्लेशक सङ्ग्रौलाका अनुसार माके आफैले आफ्नो अस्तित्वको विसर्जन गरि सिद्धान्त आदर्श निष्ठा एजेन्डा सवै को त्याग गरि महान प्रतिमुर्ति बन्न खोजेको आरोप लगाएका छन् ।
पुस्पकमल दाहाल प्रचण्ड एमालेमा बिना मुद्दा बिना सिद्धान्त बिना आदर्श बिना निष्ठा छोटे गुटको नेता हुन खोजेको उहाको दाबी छ। ओलिको अट्टालिकाको नित्य परिक्रमा भक्तिको मन्चन कृपाको याचना गर्न यतिवेला प्रचण्ड तल्लिन रहेको सङ्ग्रौलाको जिकिर छ।अनि त्यही गुट यतिवेला महान गौरवशाली भनेर हिडेको उहाको बुझाई छ।
Credit : onlinepana.com
