मोरङ: नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले आफूहरू विशेष महाधिवेशन गरेर सभापति हटाउने पक्षमा नरहेको बताएका छन्।
नेपाली कांग्रेस संखुवासभाले खादबारीमा शुक्रबार आयोजना गरेको एक कार्यक्रमका अवसरमा नेता कोईरालाले विशेष महाधिवेशनबाट सभापति हटाउने भन्दा पनि महाधिवेशन गरी पार्टीलाई पुनर्जीवन दिनु पर्नेमा जोड दिएका छन्।
कार्यक्रकममा नेता कोईरालाले भने, ‘पार्टी नेतृत्व बिधान अनुसार हिड्नुहोस, यदि विधान अनुसार हिड्न सक्नुहुन्न भने सहमति अनुसार हिड्नुहोस।’ डा.कोईरालाले पार्टीको बिधानलाई अक्षर: पालना गर्नुपर्ने बताए।
देश संघियतामा प्रवेस गरिसकेपछि पनि काँग्रेसले प्रादेशिक संरचना बनाउँन नसकेको बताउँदै जतिसक्दो छिटो विधान अनूसार पार्टीको प्रादेशिक संरचना बनाउँनुपर्ने बताए।
कोईरालाले विधान अनुसार अहिलेको केन्द्रिय कार्यसमितीको समय अब १ बर्ष नौ महिना मात्रै बाँकी रहेकोले यो समय भित्रै महाधिवेशन हूनूपर्नेमा जोड दिए।
डा.कोईरालाले कुनैपनी गूट-उपगुटमा नलागि पार्टी पुनर्संरचनामा जुट्न कार्यकर्तालाई आग्रह गरे। कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य गुरूराज घिमिरे, पूर्वराज्यमन्त्रीहरू-तारामान गुरुंग र दिपक खड्काले अब पूरानो परिपाटीले पार्टी नचल्ने बताए।
Credit : raranews.com
