मलेसियामा रहेका अवैध कामदारलाई ३० अगष्टभित्र नेपाल फर्किन दूतावासको अपील

काठमाडौं– मलेसियास्थित नेपाली दूताबासले अवैधरुपमा  कार्यरत नेपाली कामदारलाई आगामी अगष्ट ३० भित्र स्वदेश फर्किन अपील गरेको छ ।
सो मितिपछि मलेसियामा रहने अवैध विदेशी कामदारले मलेसियाको अध्यागमन कानून बमोजिम  कारबाहीमा परी जेल तथा डिपोर्टेसन क्याम्पमा लामो समयसम्म बस्नुपर्ने हुनाले सो बाट जोगिन अवैध रुपमा बसिरहेका कामदारलाई नेपाल फिर्ता हुन अपिल गरेको हो ।
उक्त मितिभित्र रोजगारदाता खोजी रिहाइरिङ मार्फत नयाँ भिषा लाग्न नसक्ने  हुँदा त्यसको भ्रममा नपर्न  समेत दूतबासले आग्रह गरेको छ ।

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.