मनलाग्दी भाडा लिँदै ठग्ने डेढ सय ट्याक्सीमाथि कारबाही

ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई सरकारले कारबाही गरेको छ ।

वितेको दुई महिनामा ती ट्याक्सीबाट जरिवानास्वरुप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागको तथ्यांकअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् ।

काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका टयाक्सीमा मिटर जडान भइसकेको भए पनि ट्याक्सी चालकले मापदण्डमा रहेर सवारी नचलाएपछि कारबाही गरिएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.