‘मधेसी’ नभएकैले मन्त्री बन्न पाएनन् फोरमका श्रेष्ठ !

 

मन्त्री बन्ने चर्चामा रहेका संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ अन्ततः अवसर गुमाउन बाध्य भए ।

फोरम अध्यक्ष यादव आफूसँगै सहअध्यक्ष श्रेष्ठलाई मन्त्री बनाउने पक्षमा रहे पनि महासचिव रामसहाय यादव समूहले राजेन्द्र श्रेष्ठ ‘मधेसी’ नभएकाले उनलाई मन्त्री नबनाउन चर्को दबाब दिएपछि अध्यक्ष यादव समेत पछि हट्न बाध्य भए ।

महासचिव यादव समूहको दबाबपछि श्रेष्ठलाई मन्त्री बनाउनु नहुने भन्दै ‘लबिङ’ मै लागेका अर्का नेता मो. इस्तियाक राईन सहरी विकासमन्त्री बनेको खबर शनिबारका पत्रपत्रिकामा प्रकाशित छन् ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.