बैतडीमा पाँच हजारले गराए स्वास्थ्य बिमा

बैतडी : स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बैतडीमा हालसम्म  एक हजार ८० परिवार आबद्ध भएका छन्। स्वास्थ्य बिमामा आबद्ध ती परिवारका पाँच हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन्। स्वास्थ्य बिमा बोर्ड बैतडीका दर्ता अधिकारी विष्णुदत्त जोशीका अनुसार पाँच हजार ३६३ जना स्वास्थ्य बिमामा आबद्ध रहेका छन् ।

बैतडीमा  ०७३ पुसमा अारम्भ भएको स्वास्थ्य बिमा कार्यक्रमवाट हालसम्म ३० लाख २० हजार ७६५  रकम उठेको जोशीले जानकारी दिए। स्वास्थ्य बिमा गरेवाफत एक हजार २१५ जनाले अहिलेसम्म सेवा तथा उपचार लिएको स्वास्थ्य बिमा बोर्ड बैतडीले जनाएको छ। बैतडीमा हाल पनि स्वास्थ्य बिमा कार्यक्रम जारी रहेको छ।   जिल्लाका १० स्थानिय तहका ८४ वडा ८६ जना दर्ता सहयोगी परिचालन गरिएको छ। स्थानीय नागरिकमा स्वास्थ्यप्रति चेतनाको कमी, भौगोलिक कठिनाइ, गरिबी परिचयपत्र वितरण हुन नसक्नुजस्ता समस्या भए पनि स्वास्थ्य बिमा प्रभावकारी रूपमा अगाडि बढिरहेको उनको भनाइ छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.