चीनको राजधानी बेइजिङस्थित फोर्बिडन सिटीमा अवस्थित दरबार संग्रालय (प्यालेस म्युजियम) मा यतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएको ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सामग्रीमध्ये एउटा रहेको छ– नेपालको श्रीपेच ।
श्रीपेच भन्नेबित्तिकै सबैले सम्झन्छन्– तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक । प्रदर्शनीमा राखिएको श्रीपेच तत्कालीन श्री ५, श्री ३ वा अरु नै कसैको हो भन्ने यकिन नभए पनि यसले धेरैको ध्यान तानेको छ । नेपाली र नेपालबारे चासो राख्नेहरुले यसलाई बडो अभिरुचिपूर्वक हेर्ने गरेका छन् ।
‘नेपालको श्रीपेच’ लेखेरै राखिए पनि यो ‘जेम्स एण्ड जुवल्स अफ इन्डिया’ अर्थात् भारतका बहुमूल्य वस्तु तथा अनमोल गहना शीर्षक प्रदर्शनीमा समावेश छ ।
फोर्बिडन सिटीमा गत वैशाख ४ गते सुरु भएको प्रदर्शनी असार ४ सम्म चल्नेछ । प्रदर्शनीको आयोजक भारतको ‘द अल थानी कलेक्सन’ र चीनको ‘द प्यालेस म्युजियम टिम’ रहेको प्रदर्शनी कक्षको बाहिर राखिएको बोर्डमा उल्लेख गरिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
Credit : newskoseli.com
