बिल बिनाको जेसिबी दाखिला गर्न दबाब दिँदै मेयरले कर्मचारी कुटे

सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले जिन्सी शाखा प्रमुख बलिराम यादवलाई कुटपिट गरेका छन्। आफ्नो कार्यकक्षमा काम गरिरहेका बेला उनले यादवको गालामा थप्पड हानेका हुन्।

नगरपालिकाले खरिद गरेको जेसिबी मेसिन दाखिला गर्न मेयर पासवानले जिन्सी शाखा प्रमुख यादवलाई दबाब दिँदै आएका थिए। बिलबेगर सामानको दाखिला गर्न नमिल्ने भनेपछि मेयरसाबले नियमसियम जे भए पनि मैले भनेको गर भन्दै जेसिबी दाखिला गर्न दबाब दिँदै आएको यादवले बताए।

‘बिलमा समानको विवरण, खरिद मिति र खरिद रकम सबै उल्लेख हुन्छ,’ यादवले भने, ‘बिल नै नभएको सामान कसरी दाखिला गर्नु ? दाखिला नभएसम्म सामानको भुक्तानी दिन मिल्दैन ।’

मेयर पासवान तात्कालीन नेकपा (माओवादी केन्द्र)का तर्फबाट मेयर पदमा बिजयी भएका हुन् l

Credit : janasanchar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.