धानमन्त्री केपी शर्मा ओलीको स–परिवारलाई शनिवार अभिनन्दन गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य र प्रधामन्त्रीका पिता मोहनप्रसाद ओलीलाई ओली वंश अक्षय कोषले सांस्कृतिक कार्यक्रमसहित अभिनन्दन गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीको परिवारसहित राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओली, न्यायाधीस राम ओली, सांसद कोमल ओली र कमला ओलीलाई पनि अभिनन्दन गर्न लागिएको ओली वंश अक्षय कोषका अध्यक्ष केशवमणि ओलीले रातोपाटीलाई जानकारी दिए ।
कोषले शुरुमा प्रधानमन्त्री ओली परिवारलाई अभिनन्दन गर्ने र प्रधानमन्त्रीले ओली वंशका महिला, अपाङ्ग, जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार वितरण गर्ने कार्यक्रम राखिएको छ । यस्तै अक्षयकोषबाट २२ जनालाई पुरस्कार दिने कार्यक्रम रहेको अध्यक्ष केशवमणी ओलीले जानकारी दिए । उनले भने– ‘ओली वशंबाट एसइई परिक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रा, आइएस्सीमा सबैभन्दा धेरै नंबर ल्याउने छात्रा, ओली वंशको सबैभन्दा धेरै उमेर भएको जेष्ठ नागरिकलाई सम्मान तथा पुरस्कार दिने कार्यक्रम छ ।’
प्रधानमन्त्री परिवारलाई अभिनन्दन गर्ने कार्यक्रममा सहभागी हुन अक्षय कोषले सामाजिक सञ्जालबाट प्रचार प्रसार पनि गरेको छ । ओली वशं कोषका आजीवन सदस्य घनश्याम ओलीले प्रधानमन्त्री ओली आफैले सम्मान कार्यक्रम गरेको भनेर दुस्प्रचार भएको भन्दै त्यसको खण्डनसमेत गरेका छन् । उनले रातोपाटीसँग भने–‘बालुवाटारमा प्रधानमन्त्रीले सम्मान कार्यक्रम आयोजना गरेको, भोज गर्ने कार्यक्रम छ भनेर बाहिर भ्रम रहेछ । प्रधानमन्त्रीलाई बाहिर जाने समय नमिल्ने भएपछि हामीले बालुवाटारमै कार्यक्रम गर्न लागेका हौँ ।’
कोमल ओलीले गीत गाउने
ओली वंश अक्षय कोषले बालुवाटारमा प्रधानमन्त्रीलाई अभिनन्दन गर्नुका साथै विविध मनोरञ्जनात्मक कार्यक्रम पनि गर्ने भएको छ । मनोरञ्जनात्मक कार्यक्रममा सांसद कोमल ओली, किशोर संगम, नारायण ओलीले गीत प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष केशवमणी ओलीले जानकारी दिए । कार्यक्रममा लय संग्रौला, ज्ञानु राणा लगायतका अन्य नव कलाकारहरु पनि सहभागी हुने आयोजकको भनाई छ ।
Credit : raranews.com
