बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गयो

बैतडी : बैतडीसहित प्रदेश ७ का पहाडी जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको  भूकम्प गएको हो।

बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर  जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का महसुस बैतडी, दार्चुला, बझाङ, बाजुरालगायतका जिल्लामा धक्का महसुस गरिएको थियो।   भूकम्पको धक्का महसुस गरिएको भएपनि कुनै क्षतीको जानकारी नआएको प्रहरीले जनाएको छ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.