बन्दरगाहमा थन्किए १७५० भन्दा बढी कन्टेनर…

 

तेस्रो मुलुक मालवस्तु आयात–निर्यातका लागि सर्वाधिक उपयोग हुँदै आएको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह तथा भारतको कोलकाता बन्दरगाहमा कन्टेनर थन्किने  समस्या बढदो छ ।

तेस्रो मुलुकबाट कोलकाता हुँदै वीरगञ्ज आई मालवाहक कन्टेनर तथा तथा वीरगञ्जबाट कोलकाता हुँदै तेस्रो मुलुक जाने खालि तथा मालवाहक कन्टेनर यसरी वीरगञ्ज र कोलकातामा ठूलो परिमाणमा थन्किएका हुन् ।

सोमबार वीरगञ्ज आउने ९ सय ७० मालवाहक कन्टेनर कोलकाता बन्दरगाहमा अडकिएर बसेका छन् । यसबाहेक कोलकाताकै माजरहार्ट टर्मिनलमा पनि ६० मालवाहक कन्टेनर रहेका छन् ।

सोमबार वीरगञ्ज सुक्खा बन्दरगाहमा ५ सय ५४ मालवाहक र २ सय ४ खाली कन्टेनर थन्किएका छन् । हाल बन्दरगाहको यार्ड मालवाहक र खालि कन्टेनरले भरिएका छन् ।

यसबाहेक कोलकाता तथा विशाखापट्टनम बन्दरगाहबाट वीरगञ्जका लागि हिँडेका ११ कन्टेनरवाहक रेलवे र्‍याक बाटोमै रहेका छन् । थप २ वटा बोरा बन्द कार्गो बोकेका बीसीएन र ४ वटा फलाम बोकेका बीआरएन र्‍याक पनि बाटोमै रहेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.