‘फेक रेस्क्यु’ : ठगी धन्दाको अर्को माध्यम…

 

पदयात्री पर्यटकलाई बिरामी बनाएर ‘फेक रेस्क्यु’ गर्दै बीमा कम्पनी हुँदै पुनर्वीमा कम्पनीबाट प्रतिपर्यटक ५० हजार डलरसम्म असुल गर्ने गरेको रहस्य खुलेको छ ।

ट्रेकिङ कम्पनी, गाइड, रेस्क्यु कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालको मिलेमतोमा लामो समयदेखि ‘फेक रेस्क्यु’ को धन्दामार्फत नेपाल आउने पर्यटकलाई प्रयोग गरेर रकम असुल्ने गरेको पाइएको हो । यसबाट आउने ठूलो धनराशि उनीहरुले भागबन्डा गर्ने गरेको पाइएको छ ।

नेपालमा झन्डै २ लाख पर्यटकहरु पदयात्रामा आउने गरेका छन्, जसमा ५० हजारभन्दा बढी पर्यटक उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनी सञ्चालनमा रेको खबर शुक्रबारको कारोबार दैनिकमा प्रकाशित छ ।

 

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.