प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक

दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक भएको हो ।

‘तिम्ले बाटो फेरेउ अरे…’, ‘तिमीलाई मन पराउनु…’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन…’ स्रोता-दर्शकमाझ आएको हो ।

टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्रेष्ठ रहेको गीतको भिडियोलाई प्रेमशर्मा पौडेलले सम्पादन गरेका हुन् ।

‘मेरा अन्य गीतलाई जस्तै यो गीतले पनि दर्शक-स्रोताको साथ पाउनेमा आशावादी छु, प्रितमको स्वरमा गीत निक्कै राम्रो बनेको छ’, दर्पणले भने ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.