नेपाल प्रहरीको बढुवा समितिको बैठकले प्रहरी नायव उपरिक्षकबाट प्रहरी उपरिक्षक (एसपी)मा बढुवाको लागि पहिलो नम्बरमा अच्युतमप्रसाद पुडासैनीलाई सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले २८ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको थियो ।
सम्बन्धित ब्याचका ३५औं नम्बरमा रहेका पुडासैनीलाई उनको कार्यक्षमता उत्कृष्ट रहेको भन्दै एक नम्बरमा सिफारिस गरेको बुझिएको छ ।समितिले प्रहरी नियमावलीमा व्यवस्था भएअनुसार अंकसहित २८ जनालाई बढुवाका लागि सिफारिस गरेको हो ।
यसैगरी समितिले प्रहरी इन्सपेक्टर मिमबहादुर लामालाई डिएसपीका लागि पहिलो नम्बरमा सिफारिस गरेको छ । ५५ जना प्रहरी निरीक्षकलाई नायव उपरीक्षक (डिएसपी)मा बढुवा गर्न पनि सिफारिस गरिएकोमा लामा पहिलो नम्बरमा परेका हुन् ।
पूर्ण सूची हेर्नुहोस् को को परे बढुवा सिफारिसमा-
डिएसपीबाट एसपीमा बढुवा सिफारिसमा परेकाहरु-
Credit : onlinepana.com
