प्रधानमन्त्रीलाई भेटेर देउवाले भने : चिकित्सा शिक्षा अध्यादेशमा तोडमोड गरे कांग्रेसको विरोध सामना गर्नुपर्ला

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेटेर अध्यादेशलाई तोडमोड गरेर जबरजस्ती ढंगले विधेयक ल्याए कांग्रेसको विरोधको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै विधेयकको रूपमा ल्याउनुपर्ने अनसनरत डाक्टर केसीको माग पुरा गर्न आफूले प्रधानमन्त्रीलाई सचेत गराएको पनि उनले समाजिक सञ्जालमार्फत जानकारी दिए।

‘अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य स्थिति थप गम्भीर बन्दै गएको विषयलाई आज मैले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर ध्यानाकर्षण गराएको छु,’ उनले समाजिक सञ्जालमा लेखेका छन्।

भेटका क्रममा डा. केसीसँग तत्कालै वार्ता गरेर माग पूरा गरी उहाँको जीवन रक्षा गर्नु सरकारको कर्तव्य रहेको कुरा प्रधानमन्त्रीलाई सम्झाएको उनले बताएका छन्।

‘मैले उच्चस्तरीय माथेमा कार्यदलको प्रतिवेदनको आधारमा जनभावना अनुरुप जारी गरेको अध्याधेशलाई हुबहु विधेयकको रुपमा ल्याउनु अहिलेको एउटा मात्रै समाधान भएको धारणा प्रधानमन्त्री समक्ष राखेको छु, यदि सरकारले यसलाई तोडमोड गरेर जवरजस्ती ढंगले विधेयक ल्याउने प्रयत्न गरे कांग्रेसको विरोधको सामना गर्नुपर्ने पनि प्रष्ट भनेको छु,’ देउवाको फेसबुक पेजमा छ।

Credit : onlinepana.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.