प्रधानमन्त्रीलाई कालो झन्डा : नेविसंघ नेता–कार्यकर्ता कर्‍याप्प !

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोज्ने नेविसंघका १० नेता–कार्यकर्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । नेविसंघ त्रिभुवन विश्वविद्यालय कमिटीका अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायतका १० जना पक्राउ परेका हुन् ।

त्रिभुवन विश्वविद्यालयको ५९औं वार्षिक दिवस र सिनेट बैठकलालाई सम्बोधन गर्न पुगेका प्रम ओलीलाई २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न गम्भीरता नदेखाएको, दुईतिहाईको नाममा अधिनायकवादी चरित्र प्रदर्शन गर्न खोजेकोलगायतका आरोप लगाउँदै नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाउने प्रयास गरेका थिए ।

प्रहरीले लाठीचार्ज गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीको लाठीचार्जबाट योगेन्द्र रावल घाइते भएको र उनको कीर्तिपुर अस्पितालमा उपचार भइरहेको बताइएको छ । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको छ ।

Credit : newskoseli.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.