प्रदेश ७ को बजेट २५ अर्ब

कैलाली : प्रदेश ७ मा २५ अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।

केन्द्रले प्रदेशका लागि विनियोजन गरेको बजेटमा थपेर २५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए ।

केन्द्र सरकारले प्रदेश ७ का लागि १४ अर्ब २५ करोड बजेट विनियोजन गरेको छ । बाँकी बजेट प्रदेशको आन्तरिक बजेट हुने मन्त्री बाहराले जानकारी दिएका छन् । प्रदेश सरकारले असार १ मा बजेट ल्याउनु पर्ने संबैधानिक व्यवस्था छ ।

यस्तै मन्त्री बोहराले केन्द्र सरकारले ल्याएको बजेटले समग्र क्षेत्रलाई समेट्न नसकेको बताउँदै प्रदेश सरकारका लागि छुट्याइएको बजेटको सिलिङ्ग बढाउनु पर्ने बताएका छन् । यद्यपि, केन्द्र सरकारको बजेट समाजबाद उन्मुख भएको उनको प्रतिक्रिया छ ।

मन्त्री बोहराले संघीयता कार्यान्वयनको संघारमा रहेको बेला ल्याउन लागेको बजेट आधार वर्षको रुपमा रहने बताए । उनले प्रदेश सरकारले ल्याउने बजेट पिछडा वर्ग, दलित, विपन्न समुदाय, महिला र युवा लक्षित हुने भन्दै आगामि पाँच वर्षभित्रमा प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताए ।

सामाजिक सुरक्षा, भौतिक पूर्वाधार, दिगो आर्थिक विकास, शिक्षा, स्वास्थ्य लगायतका विषयमा केन्द्रित रहने बजेटले लगानिको वातारणका साथै सुख्खा वन्दरगाहा, विशेष औद्योगिक क्षेत्र लक्षित प्रदेशको बजेट रहने बताउँदै मन्त्री बोहराले त्यसका लागि विज्ञहरुको सल्लाहमा तयारी गरिरहेको बताए ।

Credit : raranews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.